अनुमति बिना रजनीकान्तलाई प्रयोग गरे कारबाही

साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला । विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ ।
यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन् । उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गरेका छन् ।
रजनीकान्तका वकिल इलाम भारतीले केही व्यक्तिविरुद्ध आपराधिक कारबाहीको चेतावनीयुक्त पत्र जारी गरेका छन् । जसअनुसार कसैले पनि अभिनेताको निजी र एक सेलिब्रेटीका रुपमा अधिकारलाई बिना अनुमति प्रयोग गरेमा उविरुद्ध कानुनी कारबाही गरिनेछ ।
अधिकांश व्यक्तिहरु सेलिब्रेटीको नाम, फोटो, स्वर र फेमका माध्यमबाट आफ्नो फलोअर बढाउन, उत्पादन बेच्न र व्यावसायिक रुपमा प्रयोग गर्न सक्रिय छन् । यस्तो अवस्थामा रजनीकान्तका वकिलले सूचना जारी गरेपछि अब यस्तो काममा कडाई गरिएको छ ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया