पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह

पेरूका राष्ट्रपति डिना बोलुआर्टे पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिएका छन् ।
गत डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोलाई संसद भङ्ग गर्ने र हुकुमी शासन गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि दक्षिण अमेरिकी देश राजनीतिक सङ्कटमा फसेको छ ।
पेरुको गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार सात हप्ताको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रहरी अधिकारीसहित ४८ जनाको मृत्यु भएको छ ।
यो अशान्ति मुख्यतया दक्षिणी पेरूका गरिब, ग्रामीण आदिवासीहरूबाट आएको छ । आदिवासी बहुल क्षेत्रका कास्टिलोलाई हटाउनुलाई गरिबी, नस्लवाद र असमानताको अन्त्यको आफ्नो लडाईँमाथिको षड्यन्त्र भएको आदिबासी समुदायको बुझाइ रहेको छ ।
गत महिना सांसदहरूले सन् २०२६ मा हुने निर्वाचनलाई सन् २०२४ को अप्रिलमा सार्ने प्रस्ताव अघि सारेका थिए, तर विरोध प्रदर्शन कम हुने कुनै सङ्केत नदेखिएकाले बोलुआर्टेले यसै वर्ष निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बोलुआर्टेले भने, “सन् २०२३ भित्र निर्वाचन गरी पेरुबासीको विश्वास जित्ने मौका लिन संसदहरूलाई आग्रह गर्नुभएको थियो ।”
सांसदहरूले आफ्नो प्रस्ताव अस्वीकार गरेमा अक्टोबरमा पहिलो चरणको निर्वाचन र डिसेम्बरमा अन्तिम निर्वाचन गर्ने गरी संवैधानिक सुधारको प्रस्ताव गर्ने चेतावनी उनले दिएका छन्।
निर्वाचनको कार्यतालिकाबारे छलफल गर्न सोमबार व्यवस्थापिका–संसद्को बैठक बस्ने भएको छ ।
















‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया