पाकिस्तानको मस्जिदमा विस्फोटः २८ जनाको मृत्यु, १५० घाइते

पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ।
उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन् । उनका अनुसार मस्जिद भित्र उद्धार प्रयास जारी छ । शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ ।
पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङ्क्तिमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया