चलचित्र ‘छक्का पन्जा ४’ को गीत ‘दर्शन सलाम’ सार्वजनिक

बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। डेभिड शंकर र सहिमा श्रेष्ठको आवाजमा रहेको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले आफ्नो औपचारिक प्रचारको समेत सुरुवात गरेको छ। गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरि, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ्ग, राज आचार्य लगायतका कलाकार फिचर रहेका छन् ।
हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र फागुन १९ गतेबाट रिलिज हुदैछ। दिपकराज गिरिको कथा रहेको चलचित्र आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे माग्ने बुढा र निर्मल शर्मा रहेका छन्।
३ वटै सिक्वेल हिट दिएको यो टीमले यो पटक सहरको कथा बोल्ने निर्माण टिमले बताएको छ। चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ्ग, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया