क्यानका ७ जना केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । उनीहरुले लिखित रुपमा नै पत्र बुझाउँदैं अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।
यसरी राजीनामा माग गर्नेमा केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।
मंगलबारबाट पोखरामा क्यानको कार्यसमितिको बैठक सुरु भएको छ । बैठकको सुरुमै उनीहरुले अध्यक्ष चन्दको लिखितरुपमा नै पत्र बुझाउँदै राजीनामा माग गरेका हुन् ।
राजीनामा माग गर्नेहरुमध्ये ६ जना अहिलेपनि क्यानको कार्यसमितिको बैठकमा उपस्थित छन् भने एक जना अनुपस्थित छन् । अमितवीर पाण्डे भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसकेका हुन् । तर उनले अध्यक्ष चन्दको राजीनामा माग गरिएको सामुहिक लिखित पत्रमा भने हस्ताक्षर गरेका छन् ।
नेपाल टी-२० लिग स्पट फिक्सिङमा मुछिएपछि त्यसले क्यानको प्रतिष्ठामै आँच आएको भन्दै उनीहरुले अध्यक्षको राजीानामा माग गरेका थिए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया