स्प्राइटको नयाँँ क्याम्पेन- ‘पिरोको झट्का स्प्राइटले मेटा’

काठमाडौँ । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन शुरुवात गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँँ क्याम्पेन शुरुवात गरिएको कम्पनीले जनाएको छ ।
यो क्याम्पेनको एउटा भागको रुपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ जसमा जसिता गुरुङ, नाजिर हुसेन र कबिता नेपालीले अभिनय गरेका छन् । जनकपुरमा छायांकन गरिएको यो टिभिसिमा त्यहाँको स्थानीय संस्कृति र खानेकुराहरुलाई देखाइएको छ । यस टिभिसिमा जसिताले भर्खरै अमेरिकाबाट फर्किएकी युवतीको भूमिकाको निर्वाह गरेकी छिन् जो जनकपुरको हावापानी, रहन–सहनले अत्यन्तै प्रभावित हुन्छिन् र त्यहाँ धेरै खाइने पिरो खानेकुरामा अझै पिरो थपेर खान खोज्छिन् । उनलाई लाग्छ कि उनी धेरै पिरो खान सक्छिन् तर जब उनले मगाएको खानेकुराको पहिलो गाँस लिन्छिन् उनलाई तुरुन्तै पिरोको झट्का लाग्छ र उनी रातो–पिरो हुन्छिन् । त्यही बेलामा नाजिरले उनलाई चिसो स्प्राइट दिन्छन् र स्प्राइट पिउने बित्तिकै उनलाई पिरो निकै कम हुन्छ, त्यसैले उनी फेरी अझै अर्को पिरो खानेकुरा र एउटा स्प्राइट पनि मगाउँछिन् ।
यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ । यो भन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा युवाहरुलाई रिफ्रेश्ड बनाउने पेय पदार्थको रुपमा आफुलाई प्रस्तुत गर्ने गथ्र्याे ।
यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पनि सर्प्राइज कोल्याबोरसन गरिएको छ जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीज्यूले भन्नुभयो, “नेपाली युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन् । यो नयाँँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको छ । यो क्याम्पेनलाई लिएर हामी धेरै उत्साहित छौँ र हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले पनि आफ्नो मन पर्ने पिरो खानेकुरासँग स्प्राइटको भरपुर मजा लिनुहुनेछ ।”
गत वर्ष स्प्राइटले अझ रिफ्रेशिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो जुन उपभोक्ताहरुको रोजाइ अनुसारको परिमाणमा उपलब्ध छ । अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजिबि बोतल (रिटर्नेबल ग्लास बोतल) तथा २५०मिलि, ५०० मिलि, १ लिटर र १.५ लिटर २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया