मेरो मौनता साँझसम्म मात्रै : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर फकेपछि सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले आफू अभिमन्यू नभएको पनि बताएका छन् । उनले आफूलाई भन्न गर्न र लेख्न बाँकी केही भए लेखिहाल्न पनि भनेका छन् ।
‘अब मलाई भन्न बाँकी, गर्न बाँकी र लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज साँझसम्म मात्रै हो । म अभिमन्यु होइन,’ लामिछानेले लेखेका छन् ।
लामिछानेले आफूलाई गैर सांसदलाई ६ महिना मन्त्री बनाउन सकिने संविधानको प्रावधानमा टेकेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । आफूले तीन पटक दबाब दिएर नभएर सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफूलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाब दिन लगाइरहेका छन् ।
ओलीले आज पनि विराटनगरमा सहमति अनुसार रविलाई गृहमन्त्री बनाउन पर्ने बताएका छन् ।








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया