मेरो मौनता साँझसम्म मात्रै : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर फकेपछि सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले आफू अभिमन्यू नभएको पनि बताएका छन् । उनले आफूलाई भन्न गर्न र लेख्न बाँकी केही भए लेखिहाल्न पनि भनेका छन् ।
‘अब मलाई भन्न बाँकी, गर्न बाँकी र लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज साँझसम्म मात्रै हो । म अभिमन्यु होइन,’ लामिछानेले लेखेका छन् ।
लामिछानेले आफूलाई गैर सांसदलाई ६ महिना मन्त्री बनाउन सकिने संविधानको प्रावधानमा टेकेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । आफूले तीन पटक दबाब दिएर नभएर सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफूलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाब दिन लगाइरहेका छन् ।
ओलीले आज पनि विराटनगरमा सहमति अनुसार रविलाई गृहमन्त्री बनाउन पर्ने बताएका छन् ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया