बुधबार, वैशाख २३, २०८३

फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद

मेरोन्यूज २०७९ माघ २१ गते १२:१८

जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागुऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

Advertisement
NiccNicc

बन्दरगाह अधिकारीहरूका अनुसार संदिग्ध व्यक्तिबाट कम्तिमा १७२ किलोग्राम एमडीएमए एकस्टेसी, १४५ किलोग्राम गाँजाको राल, ३१ किलोग्राम कोकेन र दुई किलोग्राम हेरोइन बरामद गरिएको छ ।

बरामद लागुपदार्थको अनुमानित कुल मूल्य ४ मिलियन युरो (४.४ मिलियन अमेरिकी डलर) रहेको छ ।

प्रतिक्रिया