इथोपियाका प्रधानमन्त्री र विद्रोही नेता बीच भेटघाट

अदिस अबाबा । इथोपियाका प्रधानमन्त्री अबिय अहमदले शुक्रबार विद्रोही टिग्रे पिपल्स लिबेरेसन फ्रन्टका नेताहरूसँग भेटघाट गरेका छन् । सरकार र विद्रोही समूह बीच भएको युद्धविरामको तीन महिनापछि पहिलोपटक शुक्रबार भेटवार्ता भएको हो । दुई वर्ष लामो युद्ध विरामको अन्त्य भएको तीन महनापछि भएको वार्तालाई विशेष चासोपूर्वक हेरिएको छ ।
गत नोभेम्बरमा युद्धविराममा शान्ति पुनः स्थापना, सेवा क्षेत्रको सहज प्रवाह र मानवीय सहायतालाई सहज बनाउँने लगायतका विषय शान्ति सम्झौतामा उल्लेख गरिएका छन् ।
इथोपियन समाचार एजेन्सीका अनुसार प्रधानमन्त्रीले देशको दक्षिण(पश्चिम दउरो क्षेत्रमा विद्रोही समूहका प्रमुख नेताहरूसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा दुवै पक्षले शान्ति सम्झौताका विभिन्न पाटो र यसको कार्यान्वयनका विषयमा छलफल गरेको बताइएको छ ।
विगत दुई वर्षदेखि जारी विद्रोहमा हजारौंले ज्यान गुमाएका थिए भने अत्यावश्यक मानवीय सहायता प्रवाह अवरुद्ध भएको थियो ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया