ब्राजिलमा राज्यशक्तिमाथि आक्रमण गरेको आरोपमा छ सय पचासभन्दा बढीविरुद्ध मुद्दा दायर

ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ । “उनीहरूलाई ब्रासिलियाको सेनाको मुख्यालय अगाडिको शिविरमा हिरासतमा राखिएको छ,” अभियोजकको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत अक्टोबरमा लुइज इनासियो लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि बोल्सोनारोका समर्थकले शिविर स्थापना गरेका थिए । उक्त समूहमाथि आपराधिक संलग्नता र संवैधानिक निकायविरुद्ध सशस्त्र बललाई उक्साएको आरोप लागेको छ ।
पक्राउ पर्नेमा राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा भएको आक्रमणको समयमा ब्रासिलियाको संघीय जिल्लाको सुरक्षा सचिवको रूपमा काम गरेका पूर्वन्यायमन्त्री एन्डरसन टोरेस पनि रहेका छन् ।
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया