उर्मिला अर्याल : जगरनाथपुरदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी उर्मिला अर्यालको जन्म पिता स्वर्गीय बलराम अर्याल र आमा स्वर्गीय जगतमाया अर्यालको कोखबाट २०१३ साल असोजमा हालको जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा भएको हो ।
राजनीतिक समाजशास्त्रमा विद्यावारिधीकी सोधार्थी अर्यालले यमबहादुर थापासँग विवाह गरेपछि विरगञ्ज महानगरपालिका– २३, गण्डक चोक विरगञ्ज, पर्सामा बसोबास गर्छिन् । उनको काठमाडौँमा बुढानिलकण्ठ नगरपवालिका–४, रुद्रेश्वरमा बसोबास छ । परिवारमा पति तथा एक छोरा र एक छोरी छन् ।
रिम्टस् विश्वविद्यालय पञ्जावमा राजनीतिक समाजशास्त्रमा विद्यावारिधि (विद्यार्थी) रहेकी अर्यालले समाजशास्त्रमा इन्दिरा गान्धी विश्वविद्यालय, भारतबाट एम.ए. पास गरेकी छन् ।
२०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी अर्यालले २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता प्राप्त गरेकी हुन् । २०३५ साल चैत्रमा तत्कालीन ने.क.पा. चौम जिल्ला कमिटी पर्साको सदस्य भएर काम गरेकी उर्मिला २०३६ सालमा तत्कालीन चौम अन्तर्गत अ.ने.म. संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य बनिन् ।
२०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियू उपसभापतिमा निर्वाचित भइन् । २०३८ सालमा तत्कालीन चौम अन्तर्गत अयोध्यामा भएको अ.ने.म. संघको पहिलो राष्ट्रिय सम्मेलनबाट पहिलो केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएकी उर्मिलाले २०३८ सालमा अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलनको अध्यक्षता गरेकी थिइन् ।
२०३८ सालमा शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा अध्यक्षता गरेकी उनी २०४६ सालमा नेकपा एमालेमा प्रवेश गरिन् ।
२०५० सालमा एमाले पर्सा जिल्ला सदस्यमा निर्वाचित भएकी उर्मिला सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।
२०४८ र २०५१ मा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यासी भई पराजीत भएकी उर्मिलाले २०५१ सालमा नेपाल कोल लिमिटेडको अध्यक्ष बनिन् । २०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएर आफ्नो संसद्को यात्रा तय गरिन् ।
२०५९ माघमा सम्पन्न सातौं महाधिवेशनबाट नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भइन् । २०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री बनेकी उनी ०६५ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनवाट नेकपा (एमाले)को केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्यमा निर्वाचित भइन् ।
२०६४ सालदेखि महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्ष बनेकी उनी २०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म स्थानीय विकास मन्त्री बनेर काम गरिन् ।
२०७० ज्येष्ठ ४ गते एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेकी अर्याल अहिले पार्टीमा स्थायी समिति सदस्य छन् ।
२०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी अर्यालका महिला सशक्तिकरण तथा समावेशीकरण एवं कार्ययोजना तथा कम्युनिष्ट आन्दोलनमा महिलाहरूको भूमिकालगायतका कृतिहरू पनि प्रकाशित छन् साथै विभिन्न जर्नलमा आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेखहरु प्नि प्रकाशित छन् ।
उनले पार्टी तथा सरकारको प्रतिनिधि भएर चीन, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीटजरल्याण्डको भ्रमण गरेकी छन् ।










World Children’s Day being observed today
NPL 2025: Lumbini to face Chitwan today
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया