विवाह भएकाे केही साता नबित्दै राखी सावन्तले मागिन् डिर्भोस

काठमाडाैं । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४m ५०६, ३३२ र ४०६ को उलङघन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन् । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेशनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।
राखी सावन्तले भनेकी छिन, ‘मंगलवार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरे ।’ उनले आफु माथी निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुईवटा एफआईआर पनि दर्ता गराएकी थिइन् ।
पति पक्राउ परे पछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन, ‘यो मान्छेसँग म बस्न सक्दिन, उनी धेरै केटीसँग अहिले पनि सुत्छन, मैले अन्तिममा पनि तनुलाई छाडेर आईज भनेको थिएँ तर उसले मानेनन, अब म डिर्भोस गर्छु ।’
राखी सावन्तको बिबाह केही साता अघि मात्रै भएको थियो ।









आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया