डिल्लीराम खनालविरुद्ध करिश्माले हालिन् प्रहरीको साइबर ब्युरोमा उजुरी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै मानन्धरले प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी हुन् । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिए । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् ।
युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।
‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ रु लिभिङ टुगेदर ?’ लेख्दै करिश्माले फेसबुकमा आक्रोश समेत व्यक्त गरेकी छन् ।
















अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया