टर्की भूकम्पः झण्डै दश हजार जनाको मृत्यु, ३५ हजार बढी घाईते

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म कुल ९,६५५ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या ३५ हजार नाघेको छ ।
हिमपात र वर्षाका कारण भूकम्प प्रभावित दुवै देशमा उद्धार कार्य प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । आकस्मिक सेवा टोलीहरूले उद्धारमा धेरै कठिनाइको सामना गरिरहेका छन्। भूकम्पको केन्द्रबिन्दु सहर गाजियन्टेपका बासिन्दाले भूकम्प गएको १२ घण्टा बितिसक्दा पनि सहयोग पुग्न नसकेको बताएका छन्।
सोमबारको ७.८ म्याग्निच्युडको भूकम्प, त्यसको केही घण्टापछि झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्पले अस्पताल, विद्यालय र आवासीय भवनहरू ध्वस्त हुनाका साथै हजारौँ घाइते भएका छन् । उत्तरी सिरियामा पनि असङ्ख्य मानिस घरबारविहीन भएका छन् ।
क्षतिग्रस्त सडक, प्रतिकूल मौसम, स्रोतसाधन र भारी उपकरणको अभावले सबैभन्दा बढी प्रभावित क्षेत्रमा सहायता परिचालनमा विलम्ब भएको सुरक्षा अधिकारीहरूले स्वीकार गरेका छन् । उनीहरूले उपलव्ध स्रोत, साधनको अधिकतम उपयोग गर्दै यथाशक्य पीडितहरूमाझ पुग्ने प्रतिबद्धता जनाएका छन् । कतिपय क्षेत्रमा इन्धन र बिजुली नहुँदा जीवन अकल्पनीय कष्टकर भएको छ ।
मानवीय सहायता अधिकारीहरूले करिब १२ वर्षको गृहयुद्ध पछि मानवीय सङ्कटबाट पीडित सिरियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले बालबालिका र महिला अधिक प्रभावित भएका बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले प्रदान गरेका सहायता सामग्री टर्कीए पुग्न थालेका छन् । टर्कीएलाई अहिले नगदको आवश्यकता परेको अन्तर्राष्ट्रिय सहायता निकायले बताएका छन् । अमेरिकी खोज तथा उद्धार टोली आज टर्कीए आउने भएको छ ।
युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन् । मङ्गबार टर्कीए र सिरियाका भूकम्पपीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अष्ट्रेलिया, न्युजिल्याण्लगायत मुलुकले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।
















भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया