बुधबार, चैत ११, २०८२

नेप्सेमा दोहोरो अंकको वृद्धि

मेरोन्यूज २०७९ माघ २६ गते १५:४०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । बाह्य क्षेत्रमा सुधार भएसँगै शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले केही नीतिहरु खुकुलो बनाउन सक्ने अपेक्षामा लगानीकर्ता देखिएका छन् ।

जसले गर्दा दिनभर रातो देखिएको बजार अन्तिम समयमा दोहोरा अंकले बढेर बन्द भएको छ । नेप्सेमा सुधार देखिएपनि मौद्रिक नीति समीक्षाको पखाईमा लगानीकर्ता देखिएका छन् । जसले गर्दा कारोबार रकम भने २ अर्ब ६ करोड २० लाख ५९ हजारमा सीमित भएको छ ।

अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया