बुधबार, चैत ११, २०८२

गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार र कारोबारमा बृद्धी

मेरोन्यूज २०७९ माघ २६ गते १८:५५

काठमाडौं । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा बृद्धी भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence


जसकाकारण बैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ । बिश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरु बैङ्कीङ नितिमा आएको नितिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोवारका कारणले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन ।


यस समस्याका कारण व्यवसायीहरु मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भईरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र वुटवल अटो इन्जिनियरीङ्ग एसोसियसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन ।

व्यवसायी र राज्य दुबै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघ संस्था, भन्सार बिभाग तथा प्रहरी प्रसासनको संयुक्त पहलमा अवैध कारोवारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारवाहीको दायरामा ल्यउनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा जनाइएको छ ।

प्रतिक्रिया