बलात्कार आरोपी लामिछानेले पाए राष्ट्रिय क्रिकेट टिममा स्थान

काठमाडौं । बलात्कार आरोप लागेर त्यो मुद्दाको छिनोफानो नहुँदै आगामी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पूर्वकप्तान सन्दिप लामिछानेले स्थान पाएका छन् ।
नाबालिग बालिका बलात्कारको आरोपमा मुद्दा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्ड कप लिग–२’ मा सहभागिता जनाउन लागेका हुन् ।
नेपाल क्रिकेट संघले बुधवार अबेर खेलमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गर्दा लामिछानेलाई पनि समावेश गरेको हो ।
सार्वजनिक टिममा रोहित पौडेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सुर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

















कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया