टर्कीमा भूकम्पले भत्किएका भवन बनाउने ६२ जना ठेकेदार पक्राउ

भूकम्पले खतरनाक विनाश निम्त्याएको टर्की र सिरियामा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । हालसम्म २९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घाइतेको संख्या ७८ हजार नाघेको छ ।
यसैबीच टर्कीका ८ प्रान्तबाट लुटपाट गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । जसमध्ये ४२ जना हाते प्रान्तका छन् । यसैबीच टर्कीमा ६२ जना निर्माण ठेकेदारलाई पनि पक्राउ गरिएको छ । अडाना सहरमा भूकम्पका कारण भत्किएका भवनहरूलाई ध्यानमा राखेर कारबाही गर्न निर्देशन दिइएको छ ।
अर्कोतर्फ, संयुक्त राष्ट्र संघको सहायता पठाउने इकाईका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्पबाट मृत्यु हुनेको संख्या दोब्बर हुनसक्ने बताए । भग्नावशेष सफा गरेपछि शव निकालिनेछ।
एकै समयमा, सिरियामा समयमै सहयोग पुग्न सकेको छैन। यसको कारण भूकम्पपछि सडकमा थुप्रिएको फोहोर हो । हरेम सहरमा एक बुबाले आफ्नी छोरी भग्नावशेषमुनि गाडिसकेको तर कसैले सहयोग नगरेको बताए ।
उनले भने- ‘भूकम्प गएको एक दिनपछि पनि मेरी छोरी जीवित थिइन् । भग्नावशेषमा पुरिएको २४ घण्टा बितिसक्दा पनि सहयोग पुग्न सकेको छैन । हामीसँग भग्नावशेष हटाउने मेसिन थिएन। हामी मद्दतको लागि पर्खिरहेका थियौं। धेरै समय बितिसक्यो । मैले आफ्नै हातले उसको शव निकालेँ ।’
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया