राष्ट्र बैंकको नियत पुँजी बजारलाई असर परोस् भन्ने हुँदैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताए ।
‘पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन । पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु रहेका छन् । धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्छ । राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई हो । नेपाली पुँजी बजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको रेगुलेसनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला । राष्ट्र बैंकको नियत पुँजी बजारलाई असर परोस् भन्ने हुँदैन । हामीले जहिले पनि प्रोस्पर होस् भन्ने चाहन्छौं । राष्ट्र बैंक बैंकहरुसँग भएको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी होस् भन्ने हो । प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा बोलेका हुँदैनौं ।’ गर्भनर अधिकारीले बताए ।
गभर्नर अधिकारीले शेयर बजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वभाविक भएको भन्दै धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया