उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापनमा संघीय मामिलाको अनिबार्य स्वीकृत लिनुपर्ने
सिडिओ सरुवा गर्दा गृह मन्त्रालयले पनि सहमति लिनुपर्ने

काठमाडौं । उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापनमा संघीय मामिलाको अनिबार्य स्वीकृत लिनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २६ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारी सरुवा तथा पद्स्थापना अनिबार्य गरेको हो ।
राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्रमुख हुने पदमा कुनै पनि कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था मोदीले मन्त्रि स्तरीय निर्णयबाट गरेका हुन् ।
निजामती सेवा ऐन २०४९ को दफा १५ (१) मा सहसचिवस्तरका कर्मचारीको सरुवामा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर माघ पहिलो हप्ता गृह मन्त्रालयले ४२ सिडिओको सरुवा गर्दा सामान्यको सहमति लिएको थिएन । त्यसैले सामान्यले मन्त्रीस्तरको निर्णय गरी सरकारी निकायहरुमा पत्राचार गरेको हो ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले गत बिहीबार एक विज्ञप्ति जारी गरी कुनै निजामती कर्मचारीलाई तोकिएको न्यूनतम सेवा अवधि नपुगी सरुवा गर्नुपरे पनि मन्त्रालयको सहमति लिन पत्राचार गरेको जानकारी दिए ।
प्रवक्ता तामाङका अनुसार गृह मन्त्रालयले सहसचिव वा सो सरहका कर्मचारी सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गर्दा सहज हुने बताए । ‘केही कर्मचारीहरु यता विभिन्न मन्त्रालय, कार्यालयहरुमा अतिरिक्त बसिरहेका छन् । गृहले सरुवा गर्दा उचित व्यवस्थापन होस भनेर यो व्यवस्था कार्यान्वयन गर्न भनिएको हो,’ तामाङले भने ।
मन्त्रालयले कुनै निजामती कर्मचारीलाई तोकिएको न्यूनतम सेवा अवधि नपुगी सरुवा गर्नु परे पनि सहमति लिन पत्राचार गरेको छ ।
७ दिनभित्र दरबन्दी पुनर्संरचना गर्न निर्देशन
कतिपय मन्त्रालय तथा निकायले स्वीकृत दरबन्दीको पदमा तल्लो तहको कर्मचारीलाई खटाएको भन्दै सामान्यले ७ दिनभित्र स्वीकृत दरवन्दी अनुसारकै कर्मचारी खटाउन भनेको छ ।
‘मन्त्रालयले स्वीकृत दरबन्दीको पद भन्दा मुनिको श्रेणी/तहको कर्मचारीबाट कार्य सम्पादन हुन सक्ने र माथिल्लो पदको दरवन्दी आवश्यक नपर्ने हो भने दरवन्दी पूर्नसंरचनाको प्रकृया अगाडि बढाई सोको जानकारी यस मन्त्रालयलाई गराउने’ सामान्यले अन्य सरकारी निकायमा पत्राचार गरेको छ ।
मन्त्रालयले आफ्नो मातहतमा मात्रै अतिरिक्त समूह रहने व्यवस्था रहेको भन्दै अन्य निकायले कर्मचारीको पदस्थापना÷व्यवस्थापन नगरी, जिम्मेवारी नदिई राखेको पाइएकाले ७ दिनभित्र दरबन्दी भएको निकायमा खटाएर जानकारी गराउन निर्देशन दिएको छ । कर्मचारी आवश्यक नपर्ने वा दरबन्दी आवश्यक नपर्ने भएमा उक्त विवरण पनि ७ दिनभित्र यस मन्त्रालयमा पठाउन पत्राचार गरेको छ ।
मन्त्रालयले कानून अनुसार सरुवा/ कामकाजमा कर्मचारी खटाइएको निकायमा रमाना नदिने, कर्मचारी हाजिर हुन नजाने, सरुवा भएका कर्मचारी हाजिर नगराई फिर्ता पठाउने लगायत समस्या देखिएको भन्दै उक्त विवरण पनि ७ दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया