बुधबार, चैत ११, २०८२

थाहा पाउनुहाेस् आजकाे हरियो तरकारी र फलफूलकाे मुल्य

मेरोन्यूज २०७९ फागुन १ गते १०:५८

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पफलफुल तथा तरकारीकाे बजार मुल्य सार्बजिनक गरेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ७० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम गरिएकाे छ ।

सोमबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १८० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा ताेकेकाे छ । 

उता, छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजी मुल्य ताेकेकाे विकास समितिले जनाएकाे छ।  

प्रतिक्रिया