बिहीबार, चैत १२, २०८२

यस्ताे छ आज हरियो तरकारी र फलफूलको मुल्य

मेरोन्यूज २०७९ फागुन २ गते १२:०३

काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलकाे मुल्य सार्बजनिक गरेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ र अमला ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, कागती १५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम गरिएकाे छ ।्र
 

मंगलबार लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ  १४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा खरिदबित्रि भइरहेकाे छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, चाइनिज सुकेको लसुन १८० र हरियो लसुन ७० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा किनबेच भइरहेकाे छ । 

प्रतिक्रिया