बुधबार, चैत ११, २०८२

१८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

मेरोन्यूज २०७९ फागुन २ गते १२:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले २८ दिनको लागि रू. ५ अर्ब बराबरको ट्रेजरी जारी गर्दैछ । यस ट्रेजरी फागुन ३० गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागिएको छ । यो ट्रेजरी २०८० जेठ २ गते परिपक्व हुनेछ ।

त्यसैगरी १८२ दिनका लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गरिने जनाएको छ । यो ट्रेजरी २०८० साउन ३० गते परिपक्व हुनेछ ।

यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

प्रतिक्रिया