१७ लाख भारतीय नोटसहित एक जना पक्राउ
मेरोन्यूज
२०७९ फागुन २ गते २०:२१

महोत्तरी । १७ लाख भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान दशगजाक्षेत्रबाट मटिहानी नगरपालिका-८ का २९ वर्षीय महेश यादवलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यादवले चलाउँदै आएको ज ६ प ६६६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाइ छिपाइ ल्याइरहेको अवैध रकमसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यादवको साथबाट भारतीय नोट ५०० सयको ३४ सय थान (३४ बन्डल) १७ लाख भारतीय नोट (नेपाली रुपैयाँ २७ लाख २० हजार) बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी सन्तोष पोखरेलले बताए।
पक्राउ परेका यादवलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने डिएसपी पोखरेलले जानकारी दिए ।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया