६०० रुपैयाँ घट्यो सुनको मूल्य
मेरोन्यूज
२०७९ फागुन ४ गते १२:१९

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १२ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।
सम्बन्धित
















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया