बुधबार, चैत ११, २०८२

नेपाल लाइफले गर्‍यो पोखरा विमान दुर्घटनामा परेका एक परिवारलाई १ करोडको विमा भुक्तानी

मेरोन्यूज २०७९ फागुन ४ गते १४:४४

काठमाडौं । नेपाल लाइफ इन्सोरेन्सले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको परिवारलाई उक्त रकम बराबरको रकम भुक्तानी गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

शाहीको गत माघ १ गते पोखरामा विमान दुर्घटनामा परी निधन भएको थियो ।

नेपाल लाइफको बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति श्री कोपिला घर्ति क्षेत्री (आमा) लाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको छ ।

आफ्नो जीवनकालमा स्व संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट मिती भदौं २०७९ मा ५० लाखको वीमाङ्क गरेका थिए ।

बीमाङ्क बापतको ५० लाख र दुर्घंटना मृत्यु दावी बापत ५० लाख गरी जम्मा एक करोड एक लाखको विमा इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।


२०७९ पौष मसान्त सम्ममा नेपाल लाइफको कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।


कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको नेपाल लाइफले दावी गरेको छ ।

हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ

प्रतिक्रिया