आइसिसी विश्वकप लिग २ः स्कटल्याण्ड र नेपालबीचको खेल जारी
स्कटल्याण्डले ७ ओभर चार बलमा पहिलो विकेट गुमायो

काठमाडौं । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल सुरु भएको छ । स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा सुरू खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ। नेपालले नामिबियाविरुद्ध खेलेका ललितनारायण राजवंशीलाई बेन्चमा राखेर गुलशन झालाई खेलाइएको छ ।
नेपालबाट कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने प्लेइङ ११ मा छन् ।
आफ्ना अन्तिम तीन खेल अगाडि नै स्कटल्याण्ड च्याम्पियन भइसकेको छ । नेपाल भने घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको छ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबियामाथि कीर्तिमानी जित निकालेको थियो।
२५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। सिधै ओडीआई जोगाउन नेपाललाई बाँकी एघारमध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ।
च्याम्पियन भएर यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भइसकेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।
ओडिआईमा स्कटल्यान्ड र नेपालबीच हालसम्म चार खेल भएका छन्। नेपाल एक र स्कटल्यान्ड तीन खेलमा विजयी भएका छन्। नेपालले गत जुलाईमा स्कटल्यान्डलाई उसकै मैदानमा पाँच विकेटले हराएको थियो।
















निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया