सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ। आईपीओ बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्।
आईपीओका लागि कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर्र बिक्री गरेको थियो।
यस्तै, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात् २५ हजार कित्ता र २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरू छुट्याएको हो । बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया