हङकङको जनसङ्ख्या घट्दो क्रममा
मेरोन्यूज
२०७९ फागुन ५ गते १६:१३

सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।
सन् २०२२ को अन्त्यमा यहाँको जनसङ्ख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण भएको थियो । त्यस वर्ष ३२ हजार पाँच सय शिशुको जन्म भयो भने ६२ हजार एक सय जनको मृत्यु भएको जनगणना विभागले बताएको छ । कोराना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ ।
यसैबीच,हङकङले चिनियाँ मुख्य भूमि र विश्वका अन्य देशबाट पर्यटक भित्र्याउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ । पाँच लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ ।
सम्बन्धित
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया