पाकिस्तानमा पेट्रोलकाे मुल्य प्रतिलिटर २७२ रुपैयाँ पुग्याे

पाकिस्तानमा पेट्रोल-डिजेलको मूल्य महंगिएको छ । पाकिस्तान सरकारले बिहीबार अर्थात (१६ फेब्रवरि)देखि पेट्रोलमा २२ रुपैयाँ र डिजेलमा १७ रुपैयाँ बढाएको हो । त्यहाँ अहिले एक लिटर पेट्रोल २ सय ७२ रुपैयाँ र डिजेलको २ सय ८० रुपैयाँ पुगेको छ । यसरी पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ महँगो भएको हो । जनवरी १६ मा पेट्रोलको मूल्य २१४ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य २२७ रुपैयाँ ८० पैसा थियो ।
पाकिस्तानको वित्त महाशाखाले पाकिस्तानी मुद्रा (रुपैया) मा आएको गिरावटको कारण पेट्रोल र डिजेलको मूल्यमा कीर्तिमानी वृद्धि भएको जनाएको छ। जियो न्यूजका अनुसार अहिले पाकिस्तानमा विदेशी मुद्राको ठूलो संकट छ । यसले आयात–निर्यातमा असर गरिरहेको छ । त्यहाँ मुद्रास्फीति पनि बढिरहेको छ । आईएमएफले ऋण दिँदैन । आईएमएफले ऋणका लागि कडा शर्त राखेको छ जस कारण डिजेल र मट्टितेलको भाउ बढेको छ ।
-एजेन्सी
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया