बुधबार, चैत ११, २०८२

हेर्नुहाेस् आजकाे हरियो तरकारी र फलफूलको मुल्य

मेरोन्यूज २०७९ फागुन ७ गते ११:२८

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलकाे मुल्य सार्बजनिक गरेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ३५ रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, रातो आलु २६ रुपैया, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ ताेकाेकाे छ ।

यस्ताे, लाेकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग ३० रुपैया, पालूगो साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० र हरियो धनिया ३० रुपैयाँ कायम गरिएकाे छ ।

यता, ताजा रहु माछा ३३० रुपैयाँ केजी, मुंगरी माछा ३१० रुपैयाँ केजी, ताजा बचुवा माछा २६० रुपैयाँ केजीमा काराेबार भइरहेकाे छ भने  ताजा छडीको माछा प्रतिकेजी २४० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

प्रतिक्रिया