बिहीबार, चैत १२, २०८२

थाहा पाउनुहाेस् तरकारी तथा फलफूलको मूल्य

मेरोन्यूज २०७९ फागुन १० गते १०:४३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बुधबार रातो आलु २६ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । 

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी भारतीय सुन्तला १२० रूपैयाँ, कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १२०, अम्बा १००, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ । 

कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ ।  ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानिय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ३०, तोरी साग २० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैया, हरियो खु्र्सानी ८० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ७० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी ८० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ३१ रुपैयाँ, भिण्डी १३० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती १६० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

प्रतिक्रिया