बडी सेमिङको शिकार बनिन् अनुष्का

मुम्बई । साउथ फिल्मकी अभिनेत्री तथा ‘बाहुबली’ फेम अनुष्का शेट्टी हालका दिनमा चर्चामा छिन् । अनुष्का हालैमात्र बेगलुरुको एक मन्दिरमा आमाका साथ सेतो कमिज सुरुवालमा देखिएकी थिइन् । निकै सुन्दर देखिएकी अनुष्काको शरीर अन्य समयको भन्दा मोटो देखिएपछि उनी बडी सेमिङको शिकार बनेकी छन् ।
उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको बद्लिएको शरीर देखेर फ्यानहरु छक्क परेका छन् । कतिपयले भने उनको तस्वीरलाई ट्रोल बनाइरहेका छन् । अनुष्का बडी सेमिङको सिकार भएको पहिलोपटक होइन । यसअघि पनि उनको शरीरलाई लिएर सामाजिक सञ्जालमा भद्दा कमेन्ट पनि गरिएको थियो ।
कतिपयले उनले फिल्म ‘साइज जिरो’का लागि वजन बढाएको भने पनि अहिले उनले स्वास्थ्य कारण वजन नघटाएको बताइएको छ ।
अनुष्काले सन् २००५ को तेलुगु फिल्म ‘सुपर’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि ‘विक्रमार्कुडु’, ‘डन’, ‘अरुन्धति’, र ’सहित’ जस्ता कैयौं फिल्ममा अभिनय गरिन् । अनुष्का दक्षिण भारतको लोकप्रिय र सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीकी रुपमा चिनिन्छिन् । उनले अभिनेता प्रभासका साथ ‘बिल्ला’, ‘मिर्ची’, ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबली २ः द कन्क्लूजन’मा सहकार्य गरिसकेकी छन् ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया