बडी सेमिङको शिकार बनिन् अनुष्का

मुम्बई । साउथ फिल्मकी अभिनेत्री तथा ‘बाहुबली’ फेम अनुष्का शेट्टी हालका दिनमा चर्चामा छिन् । अनुष्का हालैमात्र बेगलुरुको एक मन्दिरमा आमाका साथ सेतो कमिज सुरुवालमा देखिएकी थिइन् । निकै सुन्दर देखिएकी अनुष्काको शरीर अन्य समयको भन्दा मोटो देखिएपछि उनी बडी सेमिङको शिकार बनेकी छन् ।
उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको बद्लिएको शरीर देखेर फ्यानहरु छक्क परेका छन् । कतिपयले भने उनको तस्वीरलाई ट्रोल बनाइरहेका छन् । अनुष्का बडी सेमिङको सिकार भएको पहिलोपटक होइन । यसअघि पनि उनको शरीरलाई लिएर सामाजिक सञ्जालमा भद्दा कमेन्ट पनि गरिएको थियो ।
कतिपयले उनले फिल्म ‘साइज जिरो’का लागि वजन बढाएको भने पनि अहिले उनले स्वास्थ्य कारण वजन नघटाएको बताइएको छ ।
अनुष्काले सन् २००५ को तेलुगु फिल्म ‘सुपर’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि ‘विक्रमार्कुडु’, ‘डन’, ‘अरुन्धति’, र ’सहित’ जस्ता कैयौं फिल्ममा अभिनय गरिन् । अनुष्का दक्षिण भारतको लोकप्रिय र सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीकी रुपमा चिनिन्छिन् । उनले अभिनेता प्रभासका साथ ‘बिल्ला’, ‘मिर्ची’, ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबली २ः द कन्क्लूजन’मा सहकार्य गरिसकेकी छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया