बैंक तथा फाइनान्सबाट ऋण लिएका ऋणीले लघुवित्तबाट अब ऋण नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीलाई अब लघुवित्त वित्तीय संस्थाले ऋण प्रवाह गर्न नपाउने निति बनाएको छ । धितो नभएका साना ऋणीलाई प्राथमिकता दिनकै लागि भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेर बुधबार यस्तो व्यवस्था गरेको हो ।
यसअघि यस्तो सीमा तोकिएको थिएन । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पनि लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था थियो ।
‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्,’ नयाँ निर्देशनमा भनिएको छ, ‘यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको यकीन गर्नु पर्नेछ ।’
यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न राष्ट्र बैंकले सुविधा दिएको छ । साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ ।
















पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया