भारत नै मेरो लागि सबथोक हो भन्दै अक्षय कुमारले त्यागे क्यानडाको नागरिकता

काठमाडाैं । अक्षय कुमारले हालै आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनका क्रममा एक अन्तर्वार्तामा आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । अक्षय कुमारले आफ्नो लागि भारत नै सबथोक भएको बताउँदै राहदानी परिवर्तनका लागि आवेदन गरिसकेकाे बताएका छन् । साथै उनले आफ्नो क्यानेडियन नागरिकताको कारण मानिसहरूले नराम्राे बोल्दा आफूलाई दुःख लागेकाे पनि बताए ।
अक्षय कुमारले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहीँबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु । मलाई नराम्रो लाग्छ जब मान्छेहरु केहि नबुझेर बोल्छन् ।
१९९० को दशकमा अक्षय कुमारका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए । यसबारे कुरा गर्दै उनले फिल्मको बक्स अफिसमा कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए ।
अक्षय भन्छन्, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा थियाे र उसले यता आउ भनेकाे थियाे । त्यसै अनुरूप मैले आवेदन दिए र म गएँ पनि।
उनले थपे, ‘मेरा दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र भाग्यवश दुवै सुपरहिट भए । मेरो साथीले भन्यो फर्केर जाउ, काम सुरु गर । मैले केही फिल्महरू पाएँ र थप काम पाइरहेको छु। मसँग राहदानी छ भनेर मैले बिर्सें। मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेकी थिइन, तर अब हो, मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु।’
अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं मानिसको निशानामा रहन्छन् । उनको क्यानेडियन नागरिकता सधैं मानिसहरू बीच बहसको विषय भएको छ। अक्षयले तीन वर्षअघि आफ्ना फ्यानहरूलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने वाचा गरेका थिए ।









पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया