भारत नै मेरो लागि सबथोक हो भन्दै अक्षय कुमारले त्यागे क्यानडाको नागरिकता

काठमाडाैं । अक्षय कुमारले हालै आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनका क्रममा एक अन्तर्वार्तामा आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । अक्षय कुमारले आफ्नो लागि भारत नै सबथोक भएको बताउँदै राहदानी परिवर्तनका लागि आवेदन गरिसकेकाे बताएका छन् । साथै उनले आफ्नो क्यानेडियन नागरिकताको कारण मानिसहरूले नराम्राे बोल्दा आफूलाई दुःख लागेकाे पनि बताए ।
अक्षय कुमारले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहीँबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु । मलाई नराम्रो लाग्छ जब मान्छेहरु केहि नबुझेर बोल्छन् ।
१९९० को दशकमा अक्षय कुमारका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए । यसबारे कुरा गर्दै उनले फिल्मको बक्स अफिसमा कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए ।
अक्षय भन्छन्, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा थियाे र उसले यता आउ भनेकाे थियाे । त्यसै अनुरूप मैले आवेदन दिए र म गएँ पनि।
उनले थपे, ‘मेरा दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र भाग्यवश दुवै सुपरहिट भए । मेरो साथीले भन्यो फर्केर जाउ, काम सुरु गर । मैले केही फिल्महरू पाएँ र थप काम पाइरहेको छु। मसँग राहदानी छ भनेर मैले बिर्सें। मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेकी थिइन, तर अब हो, मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु।’
अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं मानिसको निशानामा रहन्छन् । उनको क्यानेडियन नागरिकता सधैं मानिसहरू बीच बहसको विषय भएको छ। अक्षयले तीन वर्षअघि आफ्ना फ्यानहरूलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने वाचा गरेका थिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया