सामसङ्गद्वारा ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ

काठमाडौं । सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ ।
ग्यालेक्सी एस२३ सिरिजको प्रि-अर्डर आफैमा एक ठूलो सफलता भएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढि प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा भन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ । पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ ।
ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समयसम्म टिक्ने, गुणस्थरिय र भविश्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् । उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएको भन्दा पहिले नै समाप्त गर्नुपरेको थियो।
सो अवसरमा सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने-“हामी हाम्रा ग्राहकहरु प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं, । यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुले देखाउनु भएको बलियो विश्वास झल्किएको छ ।”
देशभरका डिलरहरुले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन् । यस ग्यालेक्सी एस२३ सिरिज प्रति ग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरू पनि हर्षित र उत्साहित छन्।
नयाँ २०० एमपि एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङ्गको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्दछ । ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ ।
यस्तै, यसमा भएको ग्यालेक्सीको निम्ति स्न्याप ड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ्ग ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुन प्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।
ग्यालेक्सी २३ सिरिजले सामसङ्ग मेसेज गार्ड (Samsung Message Guard) मार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पुर्याएको छ । यो शक्तिशाली स्यान्डबक्सिङ उपकरणले शून्य-क्लिक शोषण आक्रमणहरू (zero click exploit attack) विरुद्धपनि पूर्णरुपमा सुरक्षा प्रदान गर्दछ । यो एक नयाँ प्रकारको साइबर आक्रमण हो जहाँ केवल तस्विर प्राप्त गर्दा पनि मोबाइल तथा त्यसमा भएका डाटालाई हानी पुर्याउन सक्छ । सामसङ्ग मेसेज गार्डले भर्चुअल क्वारेन्टाइनको रूपमा काम गर्छ जसले हानिकारक तस्बिरहरूलाई छुट्टै राखेर तपाईंले सुरक्षित तस्बिरहरू मात्र प्राप्त गर्नुहुन्छ भनी सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया