सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको निधन
मेरोन्यूज
२०७९ फागुन १४ गते ९:११

काठमाडौँ । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ ।
गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका मनोज सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए ।
लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए ।
पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।
सम्बन्धित















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया