नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३७ वर्ष पुरा गरि ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताएका छन् ।
स्थापनाको ३७ वर्षसम्म आइपुग्दा बैंकले व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको उनले बताएका छन्। गत पुसमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो।
मर्जरपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पाँडेले बताए।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताएका छन्। संस्थापकहरुको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकको रुपमा स्थापित भएकोमा गर्व लागेको बताउँदै उनले ग्राहक वर्गको चाहनाअनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए।
वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ। त्यस्तै साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरिएको बैंकले बताएको छ।
बैंकले २९६ शाखा, २७९ एटीएम, ५० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउण्टर र १०९ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ। उत्कृष्ट सेवा र व्यवसायका लागि ७ वटा बैंक अफ दि एयर अवार्ड प्राप्त गरिसकेको यस बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ का लागि युरोमनी अवार्ड जितिसकेको छ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया