आइसिसी विश्वकप लिग-२ : पपुवा न्युगिनी र नेपालबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग आज खेल्दैछ । त्रिकोणात्मक ओडिआई सिरिज आजदेखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा हुँदैछ ।
यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ । नेपाल उच्च प्रदर्शन गर्ने सोचसहित मैदानमा उत्रदै छ । तर, विदेश जान रोक लगाएका कारण क्रिकेटर सन्दिप लामिछाने बिनाको यो खेलमा नेपाललाई जीत हासिल गर्न भने निकै सकस हुनेछ ।
यस अघिका चारवटै खेलमा सन्दिपले कुल ११ बिकेट लिएको स्मरण दुबईमा गरिनेछ । लामिछाने बिनाको यो खेललाई लिएर क्रिकेट प्रेमी धेरैको नजर परेको छ । यद्धपी, लगातार चार खेल जीतेका नेपाली खेलाडी पपुवा न्यगिनीलाई सहजै हराउने विश्वासमा छन् ।
पपुवा न्युगिनीलाई कमजोर भने नेपालले आँक्नु हुँदैन् किनभने गतवर्ष पपुवा न्युगिनीले नेपाललाई टियु मैदानमा दुवै खेलमा पराजित गरेको इतिहास छ । त्यसैले यो खेलमा नेपालले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
दुबईमा हुने यो प्रदर्शनसँगै नेपाली क्रिकेटको आगामी चार वर्षको भविष्य निर्धारण हुनेछ । यो खेलमा जीत हासिल गर्ने नेपाल, युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा पुग्दैछन् ।
यस समुहका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब तीन देश मध्ये एक बिश्वकपमा जाने भएकाले दुबईमा हुने खेललाई महत्वका साथ हेरिएको छ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जीत्नु पर्ने दबाब छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया