पूर्वराष्ट्रपतिलाई सरकारले दियो २५ लाख रुपैयाँ सहयोग
मेरोन्यूज
२०७९ फागुन १५ गते १५:१०

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले २५ लाख औषधि उपचार खर्च सहयोग पाएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गर्दा उनले पनि सहयोग पाएका हुन् ।
सरकारले ३ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पूर्वराष्ट्रपति यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको हो । यस्तै, प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारले १०-१० लाख रुपयाँ पाएका छन् ।
सरकारले साउनमा ९३ लाख, भदौमा एक करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । यसैगरी कात्तिकमा ४४ लाख, मंसिरमा एक करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया