बुधबार, चैत ११, २०८२

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ खरिद-बिक्री ?

मेरोन्यूज २०७९ फागुन १६ गते ११:५४

काठमाडौं। सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ । सोमबारकै मूल्यमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार सोमबारकै मूल्यमा मंगलबार छापावाला सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 यसैगरी मंगलबार तेजाबी सुनको मूल्य एक लाख एक हजार ३०० रुपैयाँ कायम छ । सोही मूल्यमा सोमबार छापावाल सुनको कारोबार भएको थियो । 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार सोही मूल्यमा कारोबार भएको थियो । 

प्रतिक्रिया