कान्ति लोकपथ आजबाट २३ दिन पूर्णरूपमा बन्द

काठमाडौँ । कान्ति लोकपथ २३ दिन पूर्णरूपमा बन्द हुने भएको छ । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको लोकपथ कालोपत्रेका लागि २३ दिन पूर्णरूपमा बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि चैत १० गतेसम्म दुईतर्फी आवागमन बन्द गरिएको छ ।
मकवानपुरको ठिङ्गन नजिकबाट ललितपुरतर्फको सडक मर्मत तथा कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको मकवानपुर प्रशासन कार्यालयले जनाएको छ ।
कान्ति लोकपथ बन्द गरिएसँगै हेटौँडा–काठमाडौं चल्ने सुमो लगायतका साना सवारी साधनका लागि सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले हेटौँडाबाट काठमाडौं जानका लागि हेटौँडा–भीम फेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट र काठमाडौंबाट हेटौँडा आउनका लागि थानकोट–चित्लाङ–मार्खु ९कुलेखानी०–भीम फेदी रुट प्रयोग गर्न सकिने जनाएको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया