महिला र पुरुषको शब रुखमा झुन्डिएको अवस्थामा फेला

धनगढी । एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको हुन् ।
डीएसपी चन्दका अनुसार उनीहरू दुवै जना छिमेकी हुन् । बालबालिकाहरूले दुवै जना रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए । के कारणले दुबै जना रुखमा झुन्डिएका हुन त्यसवारे केही नखुलेको प्रहरीले जनाएको छ ।
दुबैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया