आइतबार, माघ १८, २०८२

उपरथी प्रेम शाही सेवाबाट बर्खास्त

मेरोन्यूज २०७९ फागुन १८ गते १९:४५

काठमाडौँ । नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त भएका छन् । सैनिक अदालतले उनलाई आर्थिक अनुशासनविपरीत आचरण गरेकोमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाले जनाएको छ ।

कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो । उक्त मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी कार्यालय हाजिर हुन पुगे पनि सैनिक मुख्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया