त्रिभुवन र गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक फेरिए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेबारी प्रतापबाबु तिवारीलाई दिइएको छ ।
तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि त्रिभुवन विमानस्थलमा महाप्रबन्धक पद खाली थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको जानकारी दिए । विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । उनको स्थानमा देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।
एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखको जिम्मेबारी दिइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया