सडक दुर्घटनामा म्यानमामा पाँच जनाको मृत्यु, ३० जना घाइते
मेरोन्यूज
२०७९ फागुन २० गते २१:४६
काठमाडौँ । म्यानमाको राजमार्गमा शनिबार यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएको उद्धारकर्ता संस्थाका एक अधिकारीले बताएका छन् ।
स्थानीय समयअनुसार बिहान करिब ५ः३० बजे याङ्गुन–मण्डले राजमार्गमा रहेको माइलपोस्ट १६७ नजिक बस चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो ।
पाँच जनाको घटनास्थलमै मृत्यु भयो । घाइतेमा कोही गम्भीर अवस्थामा छन् । उनीहरूलाई हाल स्वा अस्पतालमा पठाइएको छ । तीमध्ये गम्भीर रेहेका आकस्मिक अवस्थाका बिरामीलाई नेपी ताव अस्पतालमा सारिने अधिकारीले जनाएका छन् ।
घाइते हुनेमा एक बालकसमेत रहेको बताइएको छ । करिब ५८७ किलोमिटर लामो याङ्गुन–मण्डले राजमार्गले देशको व्यापारिक केन्द्र याङ्गुन र मण्डलेको दोस्रो ठूलो शहरलाई जोड्छ ।
सम्बन्धित














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया