एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई
मेरोन्यूज
२०७९ फागुन २१ गते १५:३२

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गररिएको हो ।
नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यो समुह ‘बि’को टिम हो ।
नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ भने मार्च १२ अन्तिममा यूएईविरुद्ध खेल्नेछ ।
यो समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा उक्लिने अवसर पाउनेछ ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया