यी स्थानमा होली नखेल्न काठमाडौँ प्रहरीको आग्रह

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ । विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो ।
सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ । होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नर्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।
‘कसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउनुहोला,’ प्रहरीले भनेको छ, ‘ट्राफिक नियमको पूर्ण पालना गरौँ, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ, भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनुहोला ।’
प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा थाहा पाएमा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिएको छ । कानुनविपरीतका गतिविधिहरू गरेको पाइए जरिवाना र कारबाही गरिनेसमेत गरिने प्रहरीले चेतावनी दिएको छ ।
परिसरले महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान पनि आग्रह गरेको छ ।
















बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया