नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य
मेरोन्यूज
२०७९ फागुन २२ गते १५:०५

काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनाएको हो ।
खेलमा भीम सार्कीले अर्धशतक बनाए । उनले ९९ बल खेल्दै ७० रन बनाए । दुबईमा टस जितेसँगै नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको थियो ।
यस्तै, सन्दीप लामिछाने २७ रनमा आउट भए । कुशल मल्लले ३२ बनाउँदा करन केसीले १७ रन बनाए ।
ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भए ।
लिग २ शृंखलाको शीर्ष तीनभित्र रहन नेपालले यो खेल जित्नै पर्ने छ ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया