ए डिभिजन लिगः सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

काठमाडौं । सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लवलाई हराउँदै पहिलो जित निकालेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले एपिएफ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा हिमालयन शेर्पाले दशरथ रंगशलामा पुलिसलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । यससँगै सातदोबाटोले दुई खेलमध्यै दुवै खेलमा स्पष्ट जित निकाल्दा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भएको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा सातदोबाटो युथ क्लवले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । यस्तै अर्को खेलमा भने हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।
लिगमा बिहीवार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लव तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया